नेवि सघंको प्रदेश नम्बर–४ उपाध्यक्षमा बागलुङका सुवेदी र सहमहामन्त्रीमा शर्मा विजयी

बागलुङ, २ भदौँ
नेपाली काग्रेस निकट विद्यार्थी संगठन नेपाल बिद्यार्थी सघंको ११औ राष्ट्रिय महाधिवेशनबाट बागलुङका दूई बिद्यार्थी नेता राष्ट्रिय राजनीतिमा उदाएका छन ।nnnnnnnnnnnnnnnnn
प्रदेश नम्बर ४ बाट उपाध्यक्षमा डिल्लीराम सुवेदी र सहमहामन्त्रीमा हरिहर शर्मा बिजयी भएको निर्वाचन समितिले जनाएको छ । दुवै बिद्यार्थी नेता कांग्रेस महाधिवेशनमा बागलुङ क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधि बनेका थिए ।hhhhhhhhhhhhhhhhhhhhhhh
सुवेदी कांग्रेस नेता कृष्ण सिटौला र गगन थापा निकट हुनुहुन्छ भने शर्मा रामचन्द्र पौडेल निकट मानिनुहन्छ । २०५१ सालमा बिद्यार्थी सघंको साधारण सदस्यता लिएर राजनीतिमा प्रवेश गरेका सुवेदी २०५३ सालमा जनता माविमा नेवि सघंको इकाई अध्यक्ष र अध्ययनको शिलशिलामा पृथ्वी नारायण क्याम्पस पोखरामा लामो समयसम्म इकाई समितिमा बसेर काम गर्नुभएको थियो ।
राजनीति मात्रै भन्दा पनि बिद्यार्थी राजनीतिलाई प्राज्ञिक बनाउनु पर्ने अभियानका साथ शैक्षिक सवालमा केन्द्रित रहेर बिद्यार्थी राजनीति गर्दै आउनुभएको छ । सुवेदी काठमाण्डौं शिक्षा क्याम्पसको स्वबियू सभापति समेत भई सक्नुभएको छ ।
पछिल्लो समय पार्टी महाधिवेशनमा बागलुङ जिल्ला क्षेत्र नम्बर २ बाट महाधिवेशनमा प्रतिनिधिको रुपमा बिजयी सुवेदी २०६२/६३ को जन ान्दोलनमा पटक पटक थुनामा समेत पर्नुभएको थियो । सहमहामन्त्रीमा निर्वाचित शर्मा नेवि सघंको निवर्तमान जिल्ला अध्यक्ष हुनुहुन्छ् । उहाँको जनआन्दोलन ताका चर्चित भएका थिए ।