बागलुङ, ३२ साउन
बागलुङ भकुण्डे–७ का मृगौला पीडित भद्रबहादुर थापाले आफ्नो जीवन रक्षाको लागि अपिल गर्नुभएको छ ।
दुवै मृगौला फेल भई मृगौला प्रत्यारोपणको गर्न आर्थिक समस्या भए पछि परिवारले आर्थिक सहयोगका लागि अपिल गरेको हो ।
भद्रबहादुर थापा बचाउ अभियान उपचार सहयोग समितिले मंगलबार विहान बागलुङमा पत्रकार सम्मेलन गरी मृगौला प्रत्यारोपणको लागि करिव १० लाख खर्च लाग्ने जानकारी दिँदै पारिवारीका आर्थिक अवस्था अत्यान्तै नाजुक भएकाले सहयोगका लागि सवैलाई आग्रह गरेको छ ।
थापा गत चैत्रदेखि पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार गराउँदै आउनुभएको छ । मृगौला प्रत्यारोपणको लागि छोरा वा छोरी तयार भए पनि आर्थिक कारण उपचारमा समस्या भएको थापाकी श्रीमति दिलमाया थापाले बताउनुभयो ।
‘आफुसँग भएको दुई चार पैसा सवै सकियो थापाले भन्नुभयो अव त डाईलसिस गर्ने पैसा पछि छैन कसरी उपचार गर्ने ।’ थापाका एक छोरा एक छोरी रहेका छ ।
सरकारले निःशुल्क डाईलसिसको व्यवस्था गरे पनि निःशुल्क उपचारको लागि लामो समय पालो गर्नुपर्ने बाध्यता रहेको थापाले बताउनुभयो । हप्तामा एक पटक डाईलसिस गर्नुपर्ने हुन्छ तर सरकारी सेवाको लागि एक महिनामा एक पटक पनि पालो पाउन गाह्रो भयो ।
उपचारको लागि हाल सम्म ५ लाख बढी खर्च भएको परिवारले बताएको छ । थापाको उपचारमा सहयोग गर्न धवलागिरी अंचल अस्पतालका सिनियर अहेव उद्धिप थापाको संयोजकत्वमा भद्रबहादुर थापा उपचार सहयोग समिति गठन गरिएको छ ।