रेशमा जीप दुर्घटनाः दुईको मृत्यु, दुई घाईते

र्सिजना कार्की
बागलुङ, ३२ साउन
बागलुङको रेशमा सोमबार राती भएको जीप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।
दुई जना घाईते भएका छन ।
बागलुङ बजारदेखि लेखानी यात्रु छोडेर फर्किने क्रममा रेश–७ देउरालीमा ध १ ज ३४८ नम्बरको जीप दुर्घटना हुँदा रेश–७ का २२ वर्षिय गिरी थापा र सोही स्थानका २४ वर्षिय नारायण जिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव निरीक्षक अनिल खडकाले जानकारी दिनुभयो ।
दुर्घटनामा परी रेश–७ का २६ वर्षिय चालक खडक थापा र सोही स्थानमा २५ वर्षिय पदमबहादुर थापा घाईते भएका छन । घाईते दुवैलाई उपचारको लागि पोखरा रिफर गरिएको प्रहरी नायव उपरिक्षक खडकाले बताउनुभयो ।
ब्रेक फेल भई सडक भन्दा करिव ८ सय मिटर तल जीप खसेको बताइएको छ ।