कबिता :- (कर्रा ससुरा)

अमृत पौडेल
पर्देसी छोरो घरबारे छोरी कर्रा ससुरा तिनका।
साझ् र बिहान् खोज्दछन जोरी कर्रा ससुरा तिनका।
बिहानै आँखा मिचदै निस्किन्छे बुहारी मेला मा,
मध्य रात मा डिउटी मा छोरो सब सुत्ने बेला मा,
पर्देश मा सधैं ताना मार्छन तलब घटाऊछन।

काम छैन भने पोख्दिन्छन तोरी कर्रा ससुरा तिनका।
साझ् र बिहान् खोज्दछन जोरी कर्रा ससुरा तिनका।
माइती को देशमा पैतला राख्ने दिन कस्तो हुदो हो,
पर्देसी छोरो छुट्टी पाउदैन झन् कति रुदो हो,

सम्बेग् छैन भावना छैन माया झन् एक रत्ती।
अनुहार जस्तै मन् पनि फोहोरी कर्रा ससुरा तिनका।
साझ् र बिहान् खोज्दछन जोरी कर्रा ससुरा तिनका।
घरबारे छोरी पर्खेर बस्छे माइती को खबर।
पर्देसी छोरो चौकी दार् गर्छ मरुभुमी शहर।
यस्पाली पनि म जाने बेला तिर्थ मा जानी रे।
परेछन सैतान् परेछन कोरी कर्रा ससुरा तिनका।
साझ् र बिहान् खोज्दछन जोरी कर्रा ससुरा तिनका।

गर्भ मै थिई त्यो सानी छोरी पर्देश भासिदा,
तड्पिन्छिन प्यारी दुई किनार् भै जवानी मासिदा,

आमा को रोइलो सुन्दैन कोही धर्मे या अब्दुल्ला।
पाप र स्वार्थ त्यो आँखा भरी कर्रा ससुरा तिनका।
साझ् र बिहान् खोज्दछन जोरी कर्रा ससुरा तिनका।

कू.न.पा. १२ पर्वत
हाल दुबइ बाट