राजेन्द्र ढकाल
बागलुङ, ३० साउन
लिटिल मिस्टर एण्ड मिसेस धौलागिरि २०१६ को छनौट प्रतियोगिता पर्वतको कुश्मामा सम्पन्न भएको छ ।
इभेन्ट फर यूको आयोजनामा भएको प्रतियोगितामा लिटिल मिसेस तर्फ बेनी वेष्ट प्वान्टका सुरभी श्रेष्ठ उत्कृष्ट, फस्ट रनर अफमा बेनी वेष्ट प्वान्टका दिक्षा जिसी र सेकेण्ड रनर अफमा माउन्ट एभरेष्टका सृष्टी पुन छनौट हुनु भएको छ ।
त्यसैगरि लिटिल मिस्टर तर्फ कालीगण्डकी बोर्डिङका बिपिन सुनार उत्कृष्ट, फस्ट रनर अफमा वेष्ट प्वान्टका रोहित बोगटी र सेकेण्ड रनर अफमा न्यू ओइसिस एकेडेमीका आयूष श्रेष्ठ छनौट हुनु भएको छ ।
कार्यक्रम बिशाल गुरुङको अध्यक्षता र युकिन गुरुङको संचालनमा सम्पन्न भएको कार्यक्रम संयोजक राज गुरुङले जानकारी दिनुभयोे ।
प्रतियोगितामा कोरियोग्राफर जयन सुव्वा मानन्धर, नेपालको पहिलो मोडलिङ सुनिता पाण्डे, मिस एसएली पोखराका प्रेरणा पराजुली, बागलुङ जेसीजका अध्यक्ष पार्वती अधिकारी र जेसीसका इभीपी अर्जुन चापागाईले निर्णायकको भुमिका निर्वाह गर्नु भएको थियो ।