राजेशचन्द्र राजभण्डारी
बागलुङ, ३० साउन
हामी सेवा गर्छाै भन्ने उदेश्य साथ गठन भएको अन्र्तराष्ट्रिय सामाजिक सस्था लायन्स कलब अफ धौलागिरि बागलुङ, लायन्स क्लब अफ बागलुङ कालिका, लायन्स कलब अफ बागलुङ सिटि र लायन्स कलब अफ बागलुङको सँयुक्त पदस्थापन कार्यक्रम शनिबार बागलुङमा सम्पन्न भएको छ ।
लायन्स क्लब इन्टरनेशनल डिस्टिक ३२५ बि वान नेपालका डिस्टिक गभर्नर लायन बालकृष्ण बुर्लाकोटिले बागलुङमा रहेको चार वटै लायन्स क्लबको पदस्थापन गराउर्दै सामाजिक सेवाको क्षेत्रमा लायन्सले राम्रो काम गरेको कारण नेपालमा लायन्स कलब शहर देखि गाउँ सम्म फैलिएको बताउनुभयो । सामाजिक क्षेत्रमा काम गर्ने अभियानमा लायन्स तत्पर रहेको भन्दै उहाँले समस्या र बिपत्ति परेका ठाउँमा तत्काल लायन्स पु्ग्ने गरेको बताउनुभयो ।
लायन बर्ष २०१६÷१७ को लागि लायन्स क्लब अफ धौलागिरि बागलुङका अध्यक्ष बबिता शर्मा, बागलुङ कालिकाका अध्यक्ष बुद्ध बिष्ट, बागलुङ सिटिका अध्यक्ष कबिता बस्नेत र लायन्स क्लब बागलुङका अध्यक्ष दुर्गा बहादुर कुवरले पदको सपथ ग्रहण गर्नुभएको थियो । लायन बर्ष २०१५/२०१६ का अध्यक्ष भरत शर्मा, नरेश कंडेल, रत्ना भण्डारीले लायन बर्ष २०१६÷१७ का नयाँ अध्यक्षहरुलाई पदभार हस्तान्तरण गरेका थिए ।
सोही अवसरमा लियो कलब अफ धौलागिरि, लियो कलब अफ बागलुङ कालिकाको पनि पदस्थापन गरिएको थियोे ।
कार्यक्रममा लायन्स कलब इन्टरनेशनल डिस्टिक ३२५ बि १ का पास डिस्टिक गभर्नर लायन धु्ब्रबहादुर थापा, चिफ एडभाईजर ईन्दु लम्साल, रिजन चेयरपर्सन राजकुमार श्रेष्ठ जोन चेयर पर्सन रत्ना भण्डारी, लायन्स क्लब अफ धौलागिरिका अध्यक्ष बबिता शर्मा, लायन्स कलब अफ बागलुङ कालिकाका अध्यक्ष बुद्ध बिष्ट, लायन्स क्लब बागलुङका अध्यक्ष कबिता बस्नेत, लायन्स कलब अफ बागलुङका अध्यक्ष दुर्गाबहादुर कुबर, लियो क्लब अफ धौलागिरि बागलुङका अध्यक्ष खेमराज शर्मा, लियो क्लब अफ बागलुङ कालिकाका अध्यक्ष भुवन कंडेल लगायतले मन्तब्य राख्नुभएको थियो । कार्यक्रम सञ्चालन लायन्स कलब बागलुङका सचिब प्रकाश चालिसेले गर्नुभएको थियो ।