नयाँ शक्तिको कार्यकारी समिति गठन, विभिन्न जिम्मेवारी बाँडफाँड

खिमबहादुर कार्की
बागलुङ, ३० साउन
नयाँ शक्ति नेपाल जिल्ला परिषद बागलुङले शनिबार कार्यकारी समिति (सचिवालय ) गठन तथा विभिन्न जिम्मेवारी बाँडफाड गरेको छ ।
राष्ट्रिय भेलाको भाव सम्प्रेषण तथा विस्तारित बैठकले चित्र सापकोटाको अध्यक्षतामा ३९ सदस्य कार्यकारी समिति गठन गरेको छ । समितिको सदस्यमा बमबहादुर गुरुङ, कृष्ण सापकोटा, कमला ढकाल, कुशल बुढामगर, टेकबहादुर केसी‘संगम’ युनिसाा मियाँ, बाबुकाजी केसी, अर्जुन खत्री, गोपाल विक, मनोज विक, विष्णु विक, टेकबहादुर कुँवर, महेन्द्र शर्मा सापकोटा, प्रमोद सुनार, हिमबहादुर केसी, विकाश थापा रहनुभएको छ ।
त्यस्तै, सन्तोष खडका, मिलन शर्मा, पदमबहादुर केसी, डा. हरिदक्त पन्त, कृष्ण शर्मा, रेवती थापा, प्रकाश क्षत्री, चेतबहादुर थापा, नारायण शर्मा, इन्द्रलाल कँडेल, मिनबहादुर रोका, मिनबहादुर परियार, शंकर कँुवर, खेमराज पौडेल, सिमा थापा खेम खत्री, कर्णबहादुर रोका, पार्वती केसी र गणेश परियार रहनुभएको छ ।
बैठकले युवा सयोजकमा बाबुकारी केसी, महिला संयोजकमा कमला ढकाल शर्मा, समाजवादी टे«ड युनियन महासंघ संयोजकमा कृष्ण शर्मा, विद्यार्थी फाँटमा प्रकाश केसी, दलित फाँटमा गोपाल विक, उद्योग ब्यापार सयोजकमा महेन्द्र शर्मा सापकोटालाई चयन गरेको छ ।
त्यस्तै, किसान सयोजकमा नारायण शर्मा, खेलकुदको लागि विकास थापा, आर्थिक संयोजकमा एकबहादुर केसी, प्रचार प्रसार सयोजकमा कृष्ण सापकोटा, राष्ट्रिय सयन्त्रमा बमबहादुर गुरुङ, योग साधना सयोजकमा डा. हरिदक्त पन्तलाई जिम्मेवारी दिने निर्णय गरेको बताइएको छ ।
बैठकले क्षेत्र नम्बर एक संयोजकमा बमबहादुर गुरुङ, क्षेत्र नम्बर २ मा कृष्ण सापकोटा र क्षेत्र नम्बर ३ कुल बुढा र बागलुङ नगरपालिका सयोजकमा अर्जुन खत्री चयन गरिएको छ । सो अवसरमा असोज मसान्त भित्र सम्पन्न गर्ने गरी बागलुङका प्रमुख व्यापारिक केन्द्रमा अन्तरक्रिया तथा वडा, गाउँ तहमा संगठन निर्माण अभियान संचालन गर्ने कार्ययोजना निर्माण गरेको प्रचारविभाग प्रमुख कृष्ण सापकोटाले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै नयाँ शक्ति नेपाल प्रदेश नम्बर ४ सयोजक तथा जिल्ला इन्चार्ज बलावती शर्माले नयाँ शक्ति नेपाल गठनको मुल उद्देश्य देशको आर्थिक विकास मुख्य एजेन्डा भएको बताउनुभएको थियो । कार्यक्रममा रुद्र गुरुङ लगायतले बोल्नुभएको थियो ।
जिल्ला परिषद सदस्य चित्र सापकोटाको संचालनमा सम्पन्न भएको कार्यक्रममा स्वागत प्रकाशबहादुर केसी र संचालन कृष्ण सापकोटाले गर्नुभएको थियो ।