प्रेस सेन्टर बागलुङको अध्यक्षमा अविरल

बागलुङ, २९ साउन
प्रेस सेन्टर नेपाल, बागलुङको जिल्ला एकता सम्मेलनले राम थापा ‘अविरल’ को नेतृत्वमा नयाँ कार्यसमिति निर्माण गरेको छ । शनिवार सम्पन्न सम्मेलनले उपाध्यक्षमा कृष्ण कँडेल, सचिवमा खगेन्द्र विश्वकर्मा, सह–सचिवमा सीता परियार र कोषाध्यक्षमा मित्र खरेललाई चयन गरेको छ ।
यस्तै, सदस्यमा योगेन्द्र विश्वकर्मा, बिमल खड्का, सुरेन्द्र पुन, पूर्णभद्र न्युरे, अनिष खाती, प्रकाश सुवेदी, सुमित्रा सुनार, घनश्याम गौतम लगाएत रहनुभएको छ । सम्मेलनबाट १५ सदस्यीय सल्लाहकार समिति समेत चयन भएको छ । जसको सदस्यमा राजेशचन्द्र राजभण्डारी, बद्रीप्रसाद शर्मा, मुकेशचन्द्र राजभण्डारी, कोपिला कँडेल, महेन्द्र घर्ती, राज थापा, झपेन्द्र क्षत्री, शिवशरण ज्ञवाली, नारायण धिताल, चन्द्र अर्याल, कृष्ण केसी, वीरबहादुर चोखाल, गुमानसिंह भण्डारी लगाएत रहनुभएको छ ।
सम्मेलनले केही विशेष प्रस्ताव पनि पारित गरेको छ । श्रमजिवी पत्रकार ऐन कार्यान्वयन गर्नका लागि दवाव दिने र संविधान कार्यान्वयनका लागि सबै पक्षलाई संवेदनशील हुन आव्हान गर्ने निर्णय गरेको छ । सम्मेलनको बन्द सत्रको सुरुमा सेन्टरका सदस्य पूर्णभद्र न्यूरेकी आमा नन्दाकली न्यूरेको दुःखद निधनप्रति परिवारजनमा समवेदना प्रकट गर्दै शोक प्रस्ताव पारित गरेको थियो ।
नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक आइतवार बिहान बस्ने निर्णय भएको सेन्टरका सचिव खगेन्द्र विश्वकर्माले जानकारी दिनुभयो । तत्कालिन क्रान्तिकारी पत्रकार संघ र क्रान्तिकारी पत्रकार महासंघ बागलुङबीचको एकतापछि प्रेस सेन्टर नेपाल बागलुङ गठन भएको हो ।