बागलुङ, २९ साउन
प्रेस सेन्टर नेपालको एकता भेला आज बागलुङमा सम्पन्न भएको छ ।
तत्कालिन एकिकृत माओवादी र मोहन बैद्य नेतृत्वको नेकपा माओवादीबाट रामबहादुर थापा बादल पक्षबीच पार्टी एकिकरण भएर नेकपा माओवादी केन्द्र बने पछि दुई क्रान्तिकारी पत्रकार संगठन बीच एकता भेला गरिएको हो ।
क्रान्तिकारी पत्रकार सघं र क्रान्तिकारी महासघं बीचको एकता भेलाले राम थापा अविरलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । भेलाको प्रेस सेन्टर नेपालका महाधिवेशन आयोजक समितिका प्रदेश नम्बर ४ का सह संयोजक दिपक जलनले उद्घाटन गर्नुभएको थियो । उद्घाटन पछि बोल्दै सहसंयोजक जलनले पत्रकारहरुको पेशागत हक अधिकार सुनिश्चित गरी जनपक्षिय पत्रकारिताका पक्षमा काम गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रेस सेन्टर नेपाल महाधिवेशन आयोजक समिति प्रदेश नम्बर ४ का सह संयोजक रुद्र श्रीस, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्यहरु फमलाल न्यूरे, अनिल क्षत्री, कृष्ण केसी, नेपाल पत्रकार महासघंका केन्द्रिय सदस्य तथा पश्चिमाञ्चल संयोजक हरिनारायण गौतम, जिल्ला अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, सेन्टरका केन्द्रिय सदस्य सन्तोष गौतम, पुनरावेदन अदालत बार एकाई बागलुङका अध्यक्ष केशव पराजुली, नागरिक समाजका संयोजक काजीगाउले श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटी बागलुङका उपसभापति राजेन्द्र आचार्य, गैरसरकारी संस्था महासघं बागलुङका अध्यक्ष मुुक्तिराम सापकोटाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
यसैगरी, अन्तर पार्टी महिला सञ्जालका संयोजक भविकला रोका, प्रेस चौतारी बागलुङका अध्यक्ष उमाकान्त शर्मा, प्रगतिशिल पत्रकार सघंका बिजय राना, आदिबासी जनजाति पत्रकार महासघं फोनिजका अध्यक्ष तथा पत्रकार महासघं बागलुङका सचिव दिल शिरीष, दलित पत्रकार मञ्चका अध्यक्ष अनिस खाती, सञ्चारिका समूह बागलुङकी सचिव सिर्जना पन्तले शुभकामना व्यक्त गर्नुभएको थियो । उद्घाटन कार्यक्रम एकता भेला आयोजक समितिका संयोजक कोपिला कंडेलको अध्यक्षता, बिरबहादुर चोखालको स्वागत र राम थापा अविरलको सञ्चालनमा सम्पन्न भएको थियो ।