शाहरुख खान पक्राउ परे

साउन २८ – बलिउड अभिनेता शाहरुख खान अमेरिकामा पक्राउ परेका छन् । शाहरुखलाई अमेरिकाको लस एन्जलसमा रहेको विमानस्थलबाट पक्राउ गरिएको हो ।
शाहरुखलाई अमेरिकाको इमिग्रेशन विभागले पक्राउ गरेको उनले ट्वीट मार्फत जानकारी दिएका छन् । उनले ट्वीट गरेका छन् ‘विश्व कस्तो छ भन्ने मलाई थाहा छ र यसको सुरक्षाको पनि म सम्मान गर्छु । तर हरेक पटक अमेरिका आउँदा इमिग्रेशन विभागले पक्राउ गर्दा निकै हैरान भएको छु ।’
अमेरिकामा शाहरुख पक्राउ परेको यो पहिलो पटक भने होइन । सन् २०१२ मा न्युयोर्कको विमानस्थलबाट शाहरुखलाई पक्राउ गरिएको थियो । त्यसबेला उनलाई दुई घण्टा हिरासतमा राखिएको थियो ।

– स्रोत : बिबिसी हिन्दी