यसपालिको तिजमा गायिका सिता परियारले महंगो फरिया किन्ने

केपी कुमार जलन
बागलुङ
राष्ट्रिय स्तरका प्रतियोगी कलाकारहरुलाई पन्छाउदै २०६८ सालको राष्ट्रिय हाईलाईट  नेपाल लोक दोहोरी अवार्ड बिजेता गायिका सिता परियार बागलुङ्गको गल्कोटमा जन्मिएकी हुन गायिका परियारको कर्म घर भने बागलुङ्गको अमलाचौर हो ।
२०६५ साल देखी श्रिमान र छोरी संगैको साथमा रहि बागलुङ्ग र पोखरा लाई कर्मथलो बनाउदै करिव २ दर्जन लोक दोहोरी गितमा आवज दिई सकेकी छिन दर्शक श्रोताको अपार माया पाएकोमा खुसी व्याक्त गर्दे आफ्नै श्रीमान गायक पुर्ण परियार र बरिष्ठ गायिका बिमाकुमारी दुराको आवजबाट प्रभावित बनेकी गायिका परियार श्रीमानको प्रेरणाले आज आफु एउटा राम्रो गायिका बन्न पाउदा खुसी व्याक्त गर्छिन बिभिन्न  लोक दोहोरी प्रतियोगितामा सहभागि हुदै प्रथम स्थान हासिल गर्ने गायिका परियारले बिगतका बर्षको तिजहरुमा सबै गित कला संस्कृती प्रतिचिन्ता व्याक्त गरिएका सन्देश मुलक तिजगित चुरी छैया-छैया र छोटो लुगा लाउछु नभन लगायतका तिज गित बजारमा ल्याएकी छिन गित संगित प्रति असाध्यै माया गर्ने गायिका परियारले भर्खर मात्रमा तिजको अवसर पारी  मायाको फरिया घट्नालाई चित्रण गर्दे तिज गित मायाको फरिया बोलको तिजगित बजारमा ल्याएकी छिन ।
चर्चित गायक सर्जक पुर्ण परियारको शव्द र राजेन्द्र सापकोटाको लय तथा तारानाथ आचर्यको एरेन्जमा सजिएको उक्त गितमा आवज भने गायिका परियारको रहेको छ भने साथमा उनकै श्रीमान चर्चित सर्जक गायक पुर्ण परियारले साथ दिएका छन ।बिन्ध्यावासिनी म्युजिक प्रा.लिको प्रस्तुतिमा नेपालकै चर्चित मोडेल तथा निर्देशक शंकर बिसी र रिना थापाको मुख्य भुमिका रहेको उक्त गितमा सानु तिमी नाच्यौ भने दुनिया नै दंग आफ्नो भने ढंग छैना के न को रंग फरर सरर सर्कने सारी फरर मायाको फरिया तिजैमा दर खाउला अहिले झालैमा काकरी  जस्ता उत्कृष्ट शव्द रहेको उक्त गितले दर्शक श्रोताको अपार माया पाउनेमा बिश्वास्त छिन ।