श्रीमान परस्त्रीसँग रमाउन थाले पनि डिभोर्सको कुरा,
श्रीमती धनसम्पती कमाउन थाले पनि डिभोर्सको कुरा,
न्यायलय पनि सम्बन्ध जुटाउन भन्दा टुटाउन प्रेरित गर्दैछ,
वकिल दुईचार पैसा समाउन थाले पनि डिभोर्सको कुरा ।
जान्न नहुने थियो, जानेर गल्ती गरियो,
तान्न नहुनु थियो, तानेर गल्ती गरियो,
हुन्न भन्दा-भन्दै पनि उनले कर गरिन,
मान्न नहुने थियो, मानेर गल्ती गरियो ।