ताराप्रसाद शर्मा
बागलुङ, २६ साउन
रोट्रयाक क्लव अफ काष्ठमण्डपले बागलुङको पश्चिम क्षेत्रका बाढी तथा पहिरो पिडित परिवारलाई खाद्य सामाग्री हस्तान्तरण गरेको छ ।
पिडित परिवारलाई एक महिना पुग्ने खाद्य सामाग्री बितरणका लागि रोट्रयाक क्लव अफ बागलुङलाई सामग्री हस्तान्तरण गरेको हो ।
एक परिवार एक बाल्टी अभियान संचालन गरि संकलन गरिएको ८० बाल्टी सामाग्री रोट्रयाक क्लव अफ काष्ठमण्डपका उपाध्यक्ष अज्ञात लुइटेलले बागलुङका अध्यक्ष सुवास केसीलाई हस्तान्तरण गर्नु भएको हो । सो अवसरमा रोट्रयाक क्लव अफ बागलुङले काष्ठमण्डपका उपाध्यक्ष लुइटेललाई स्वागत समेत गरेको थियो ।
कार्यक्रममा बोल्दै लुइटेलले पिडितहरुका लागि थोरै भएपनि राहत होस् भनेर अभियान संचालन गरि संकलित सामाग्री प्रभावित परिवार समक्ष पु¥याउन आग्रह गर्नुभयो । उहाँले रोट्याक्ट काष्ठमण्डप हरेक समाजिक कार्यक्रममा बागलुङसंगै अघि बढ्नका लागि मितेरी साइनो गासेर सक्रिय रुपमा काम गर्न इच्छुक रहेको बताउनुभयो ।
बागलुङका पूर्व अध्यक्ष मनिष रायमाझीले रोट्रयाक क्लव अफ काष्ठमण्डपले हस्तान्तरण गरेको सामाग्री तत्काल प्रभावित क्षेत्रमा पु¥याउने प्रतिबद्धता गर्नुभयो । पर्वतका आगामि अध्यक्ष मिलन पौडेलले बाढी तथा पहिरो पिडितका लागि १ बाल्टी सामाग्री आफ्नो व्यक्तिगत तर्फवाट सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रम रोट्रयाक क्लव अफ बागलुङका अध्यक्ष सुवास केसीको अध्यक्षता र सचिव सुमित शाहीको संचालनमा सम्पन्न भएको थियो ।