मोदीखोलामा किशोरी बेपत्ता

सन्तोष थापा
पर्वत, २३ साउन
बागलुङ जिल्ला जैदी गाविस घर भई पर्वत सदरमुकाम कुश्माबजारमा डेरा गरी बस्दै आएकी एक किशोरी मोदीखोलामा बेपत्ता भएकी छिन् । आइतबार विहान करिव ९ बजेको समयमा मोदीखोला किनारमा गई हाम फालेपछि १८ बर्षिय यशोदा थापा बेपत्ता भएकी हुन् ।
उनले आफ्नो मोबाइल फोन र ३ हजार ६ सय रुपैँया नगद खोलाको किनारमा नै छाडेकी छिन् । हाम फाल्नुको कारण बारे अनुसन्धान र आफन्त सँग सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरिक्षक गंगा पन्तले जानकारी दिनुभयो ।
मातहतका प्रहरी युनिटहरु मार्फत बेपत्ता किशोरीको खोजि कार्य भइरहेको प्रहरीले जनाएको छ । बेपत्ता किशोर सदरमुकाम कुश्माबजारकै नारायण उच्च माविमा कक्षा १२ मा अध्ययनरत विद्यार्थी हुन् ।