बागलुङ, २२ साउन
बागलुङमा क्रियाशिल मगर पत्रकार तथा सञ्चारकर्मीकहरुको भेला शनिबार सम्पन्न भएको छ ।
भेलाले मगर पत्रकार तथा संचारकर्मीहरुको साझा संगठन मगर आम सञ्चारकर्मी समाजको बागलुङ शाखा गठनका लागी प्रारम्भिक समिति गठन गरेको छ । भेलाले बिजय रानाको संयोजकत्वमा ९ सदस्यीय तदर्थ समिति गठन गरेको छ ।
नेपाल पत्रकार महासघं बागलुङका सचिव तथा फोनिज बागलुङका अध्यक्ष दिल शिरीषको बिशेष उपस्थितिमा भएको भेलाले तदर्थ समितिको सदस्यमा संगम घर्ती, मनिस थापा, मिना थापा, पबित्रा बुढा, लिला थापा, मिलन राना, निकी थापा र प्रकाश थापा रहनुभएको छ ।
तदर्थ समितिले आगामी भाद्र मसान्त भित्र पहिलो अधिवेशन सम्पन्न गर्ने निर्णय समेत गरेको संयोजक रानाले बताउनुभयो ।