
काठमाडौं, २२ साउन
नेदरल्याण्डस् बिरुद्धको वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली आज बिहान त्यसतर्फ प्रस्थान गरेको छ ।
आगामी साउन २९ र ३१ गते घरेलु टोली बिरुद्ध हुने प्रतियोगीता खेल्ने नेपाली टोली बिहान पौने ८ बजे नेदरल्याण्डस् प्रस्थान गरेको हो ।
प्रतियोगीता अघि नेपालले नेदरल्याण्डस्को घरेलु मैदानमा केही दिनको आन्तरिक अभ्यास गर्नेछ । त्यस्तै स्थानीय क्लबसंग केही प्रतियोगीता समेत खेल्ने कार्यक्रम रहेको छ ।
लिग अन्र्तगत नेपालले यसअघि तीन चरणमा ६ खेल खेलिसकेको छ । जसमध्ये २ जित निकालेको नेपालले अन्य ४ खेल भने गुमाएको छ ।
६ खेलबाट ४ अंक जोडेको नेपाल ४ अंक सहित ८ राष्ट्र सहभागी प्रतियोगीताको छैटौ स्थानमा छ । तालिकाका शिर्ष ४ टोलीले सन् २०१९ को विश्वकपको छनौट खेल खेल्न पाउनेछन् ।