
बागलुङ, २२ साउन
सडक दुर्घटना न्यूनीकरणका लागि पर्वत र बागलुङको सीमानामा ट्राफिक सचेतना बोर्ड राखिएको छ । सामाजिक क्षेत्रमा सक्रिय रोट्रयाक्ट क्लव अफ पर्वत र रोट्रयाक्ट क्लव अफ बागलुङको संयुक्त आयोजनामा मालढुङ्गमा ट्राफिक बोर्ड राखिएको हो ।
बोर्डमा यात्रुहरुले ध्यान दिनुपर्ने सवारी नियम तथा ट्राफिकका सांकेतिक चिन्हहरु राखिएको छ । मादक पदार्थ सेवन गरी सवारी साधन नचलाऔँ । सवारी सधान चलाउदा मोबाईल फोन प्रयोग नगरौ । आफ्नो सवारी साधनको कागजपत्र सधै साथमा राखेर मात्र सवारी चलाऔ । लगायतका चेतनामूलक सन्देश बोर्डमा राखिएको छ ।
नागरिक चेतनाका साथै ट्राफिक सहयोग र दुर्घटना न्यूनीकरणमा सहयोगका लागि दुई जिल्लाका दुई क्लवले जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय पर्वतको समन्वयमा ट्राफिक सचेतना बोर्ड राखेका थिए ।
कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरिक्षक गंगा पन्तले प्रहरी सँगको समन्वयमा सर्वसाधारण नागरिकलाई विशेष सन्देश पु¥याउने रोट्याक्ट क्लव अफ पर्वत र बागलुङको अत्यन्तै प्रशंशा योग्य रहेको बताईन् । प्रत्यक्ष नागरिकसँग सरोकार राख्ने यस्ता कार्यक्रमहरु आवश्यक रहेको उनको भनाई छ ।
त्यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रहरी नायव निरिक्षक महेन्द्र रानाभाटले क्लवलाई धन्यवाद व्यक्त गर्दै ट्राफिक न्यूनीकरणमा सहयोग पु¥याउने अपेक्षा गरेका थिए ।
रोट्रयाक्ट बाग्लुङ्गका अध्यक्ष सुवास केसी र रोट्रयाक्ट पर्वतका अध्यक्ष रामचन्द्र पौडेल आरसीको संयुक्त अध्यक्षतामा कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रममा दुवै अध्यक्षले रोट्रयाक्टले सामाजिक गतिविधीका क्षेत्रमा काम गर्दै आएको बताउँदै आगामी दिनमा थप कार्यक्रम गर्ने बताए ।
कार्यक्रम रोट्रयाक्ट क्लव अफ पर्वतका आईटी अफिसर राम भण्डारीको संयोजन तथा रोट्रयाक्ट बागलुङका सचिव तारा प्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।