बागलुङमा मनमोहन स्मृति प्रतिष्ठान गठन

?????????????

बागलुङ, २१ साउन
प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री तथा नेकपा एमालेका तत्कालिन अध्यक्ष मनमोहन अधिकारीका योगदानहरुलाई चिरस्थायी बनाउने तथा उहाँका कार्यबाट भावी पुस्तालाई प्रशिक्षित गराउने उदेश्यका साथ बागलुङमा मनमोहन स्मृति प्रतिष्ठान बागलुङ गठन भएको छ ।
शुक्रवार बागलुङमा सम्पन्न भेलाले दिपक गौतमको अध्यक्षतामा ९ सदस्यीय मनमोहन स्मृति प्रतिष्ठान बागलुङ गठन गरेको हो । प्रतिष्ठानको सचिवमा रामबहादुर जिसी, कोषाध्यक्षमा रेणु केसी तथा सदस्यहरुमा गुरुदत्त पाठक, भीमबहादुर थापा क्षेत्री, अनन्तबहादुर खड्का, डिल्लीराज उपाध्याय, डम्मर श्रीस, गंगा किसान रहनु भएको छ ।
नेपालको प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा, नेपाली कम्युनिष्ट आन्दोलनका धरोहर, समकालीन नेपाली राजनीतिका निष्कलंक, सरल एवं निष्ठावान राजनेता अधिकारीको योगदानलाई आम जनताका विचमा पु¥याउने उदेश्यले प्रतिष्ठान गठन गरिएको अध्यक्ष दिपक गौतमले जानकारी दिनु भयो । भेलामा बोल्दै नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य मना केसीले जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता, आफ्नो गाउँ आफै बनाऔं लगायतका जनमुखी कार्यक्रमको अगुवाई गरेका मनमोहन अधिकारीका योगदानलाई स्मरण गर्न प्रतिष्ठान सहयोगी बन्ने बताउनु भयो ।
कार्यक्रममा एमाले वैकल्पिक केन्द्रीय सदस्य गोविन्द नेपाली, जिल्ला अध्यक्ष श्रीप्रसाद शर्मा लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
निर्वाचित समितिलाई वधाई ज्ञापन गर्दै नेकपा एमाले केन्द्रीय सहकारी विभागका सदस्य रामबहादुर जिसीले मनमोहन अधिकारीले गरेको योगदान बारेमा नया पुस्तालाई जानकारी गराउन प्रतिष्ठानको भूमिका हुने बताउनु भयो ।
कार्यक्रम एमाले जिल्ला सल्लाहकार भीमबहादुर थापाको अध्यक्षता र दिपक गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।
प्रतिष्ठानले मनमोहन अधिकारीको स्मृति ग्रन्थ र उहाँका रचनाहरू प्रकाशन गर्ने, उहाँको स्मृतिमा राष्ट्रका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने व्यक्तिहरूलाई सम्मान र पुरस्कृत गर्ने , पुस्तकालय, पार्क तथा विभिन्न तहका शिक्षण संस्थाहरू स्थापना र संचालन गर्ने, महिला, उत्पीडित एवं समाजका पिछडिएका एवं निम्न आय वर्गका समुदायको स्वास्थ्य, शिक्षा, त्यस्ता वर्गको आर्थिक, सांस्कृतिक अवस्थामा सुधार हुने, जीवनस्तर उठाउन मद्दत हुने लगायत त्यस्ता वर्गको हित संरक्षण सम्बन्धी अन्य कार्यक्रमहरू तर्जूमा संचालन गर्नेका लागि केन्द्रीय तहमा समेत प्रतिष्ठान गठन भएकोे छ ।