कालिका कन्या माविको चारकोठे भवन शिलन्यास

logo_1

बागलुङ, २१ साउन
बागलुङ नगरपालिका–४ मा संचालित कालिका कन्या उच्च माविको शुक्रबार चारकोठे नयाँ पक्की भवनको शिलन्यास गरिएको छ ।
जिल्ला शिक्षा कार्यालयको ३२ लाख र विद्यालयको आन्तरिक स्रोतबाट ८ लाख गरी कुल ४० लाख रुपैयाँका निर्माण हुन लागेको भवनका विद्यालयका पूर्वप्रधानध्यापक रत्ना श्रेष्ठले शिलन्यास गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै श्रेष्ठले विद्यालयको शैक्षिक तथा भौतिक वातारण सुधारको लागि निरन्तर सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । भवन मंसिर महिना भित्र सम्पन्न गर्ने लक्ष्य रहेको प्रधानध्यापक धनराज सापकोटाले जानकारी दिनुभयो ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष रमाकान्त सापकोटाको अध्यक्षता र शिक्षक विरबहादुर किसानको संचालनमा सम्पन्न भएको थियो ।