काठमाडौं, २१ साउन
आज सातदोबाटो स्तिथ एन्फा कम्प्लेक्समा भएको एपिएफ र थ्री स्टार बिचको खेलमा थ्री स्टारले सहज जीत हात परेको छ । एएफसी कपको तयारीमा रहेको रुसलान थ्री स्टारले एपिएफ बिरुद्द ५-०को जीत हात परेको हो ।
निर्धारित समय भन्दा केहि ढिलो सुरु भएको खेलको तेस्रो मिनटमानै भर्खरै इन्जुरीबाट फर्किएका असिम जङ कार्कीले गोल गर्दै थ्री स्टारलाई आग्रता दिलाएका थिए । खेलको २०औं मिनटमा असिमले फेरी गोल गर्दै थ्री स्टारका २-० बनाएका थिए । ३-०मा सकिएको पहिलो हाल्फमा थ्री स्टारका लागि अर्को गोल २८औं मिनटमा मर्टिनले गरेका थिए ।
दोसो हाल्फको मिनटमै मर्टिनको स्थानमा आएका रोशनले गोल गर्दै थ्री स्टारलाई चार गोलले आगाडी बनाएका थिए । एक तर्फी भएको खेलमा थ्री स्टारका लागि पाँचौ नयाँ खेलाडी सुनिल बलले गरेका थिए । पछील्लो तीन हप्ता देखी प्रशिक्षणरत थ्री स्टार सामु नेपाल एपिएफ क्लब निरिह देखिएको थियो ।