ताराप्रसाद शर्मा
बागलुङ, २१ साउन
बागलुङ क्षेत्र नम्वर २ का बिद्यालयहरुलाई शुक्रबार खेल सामाग्री खरिद तथा प्रोत्साहन स्वरुप रकम बितरण गरिएको छ ।पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा सहभागी बिद्यालयलाई यूवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय खेलकुद परिषदवाट प्राप्त बजेट बितरण गरिएको हो । बागलुङको बलेवा स्थित त्रिभुवन उच्च माविमा आयोजित कार्यक्रममा पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा प्रथम हुने त्रिभुवन उच्च माविलाई ५० हजार र अन्य सहभागी ७ वटा बिद्यालयलाई १० /१० हजारका दरले बितरण गरिएको हो ।
कार्यक्रममा बोल्दै जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष धनबहादुर परियारले खेलकुद सामाग्री खरिद स्वरुप प्रदान गरिएको रकमले बिद्यालय स्तरमा खेलको बिकास हुने र आगामी दिनमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा सहभागीता बढ्ने बिश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा बिद्यालय निरीक्षक उमानाथ शर्मा, शिक्षाप्रेमी नारायण शर्मा पौडेल, बिद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष चुडामणी शर्मा, अभिभावक रुद्रप्रसाद शर्मा र खेलकुद शिक्षक चन्द्रबहादुर खत्रीले मनतव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम बिद्यालयका प्रधानाध्यापक रमाशंकर शर्माको अध्यक्षता, शिक्षक हरिराम रेग्मीको स्वागत र खेल शिक्षक टिकाबहादुर केसीको संचालनमा सम्पन्न भएको थियो । पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता गत फागुन ५ देखि ७ गतेसम्म बागलुङमा संचालन भएको थियो ।