सेती नदिमा ढुवेर दुईको मृत्यु, एक वेपत्ता

पोखरा, २१ साउन
पोखराको सेती नदीमा पौडी खेल्ने क्रममा दुई जनाको मृत्यु भएको छ । एक जना बेपत्ता भएका छन् । एक जना सकुशल छन् ।
बिहीबार दिउँसो पोखरा १८ खाल्टेमसिनाबाट सेती नदीमा पौडी खेल्न गएका चार जनामध्ये पर्वत घरभई पोखरा ३ नदीपुर बस्ने १८ वर्षिय अभिषेक बडुवाल र पर्वत घर भई पोखरास्थित सृजनाचोकमा बस्ने १९ वर्षिय शंकर जिसीको मृत्यु भएको वडा प्रहरी कार्यालय रामबजारले जनाएको छ ।
प्रहरीका अनुसार पर्वत घर भई पोखरा रत्नचोक बस्ने १८ वर्षिय सरेश मल्ल नदीले बगाउँदा वेपत्ता भएका छन् । पर्वत घर भई पोखरा अमरसिंह चोक बस्ने १७ वर्षिय राजीव मल्ल भने सकुशल रहेको प्रहरीले जनाएको छ ।
चारैजना एकैसाथ दिउँसो सेतीनदीमा पौडी खेल्न गएका थिए । पौने पाँच बजेको समयमा चार जना मध्ये दुईजना मृत अवस्था र एक जना वेपत्ता भएको अवस्थामा प्रहरीलाई जानकारी आएको प्रहरीले जनाएको छ । मृतकको शवलाई पोष्टर्माटमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा राखिएको छ । वेपत्ता मल्लको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।