बागलुङ, २० साउन
जिल्लाको भीमापोखरा–४ मा जन्मेर आफ्नो छुट्टै छवि बनाउन सफल लोकदोहोरी गायक गणेश पौडेलले नयाँ तीज गीत बजारमा ल्याएका छन् ।
हाल बागलुङ बजारमा बस्दै आएका पौडेलेले नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको अवसर पारेर राम्दिको पुल तरेपछी, हेरौली मायाले कहाँ बसी बोलको तिज गीत बजारमा ल्याएका छन् ।
चर्चित गायक तेजेश रेग्मीको लय/शब्द रहेको उक्त गीतमा पौडेललाई गायिका राधा हमाल ठकुरीले साथ दिएका छिन । हमाल म्युजिक प्रा.लि.ले बजारमा ल्याएको उक्त गीतमा चर्चित मोडेलहरु बिजय थापा र मन्जिता केसीले कम्मर मर्काएका छन् ।
रातो पिरो भएर नानी, किना पराई बसिछेउ लाज मानी जस्ता उत्कृष्ट शव्द रहेको उक्त गीतमा आफ्नो मायालु लाज मानी टाढा बसेको दुखेसो गर्दे आफु राम्दी पुल तरी गएपछी कहाँ हेरौली भन्ने गित मार्फत व्याव्या गरिएको छ ।
मायालुको शहरमा मेरो गाउँमा घर छ गीतबाट चर्चित भएका पौडेलले हालसम्म १ दर्जन गीतहरुमा आफ्नो स्वर दिएका छन् ।
गायक पौडेल विगत ८ वर्षदेखि स्वास्थ्यकर्मीको रुपमा रहेका छन् । राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान बागलुङको प्रथम उपाध्यक्ष समेत रहेका पौडेलले तिज गीतले दर्शक स्रोतको माया पाउनेमा बिश्वास्त छन् ।