रिदिमा श्री
मैले नाै महिना काेख मा राखेर
कठाेर प्रसव बेदना सहेर
जन्माएकि मेरि नवजात छाेरि
मरिन अाज नामाकरण पनि नहुँदै।
तर अहँ, कत्ति पनि दुख छैन मलाई
म खुसि छु
मेरि छाेरि अाज याे धर्ति भनाउँदाे नर्क बाट बिदा भईन
अब पर्ने छैन उनले पाँच बर्ष मै
अाफ्नै दाजु बाट बलात्कृत भएर मर्न
त्यसैले कत्ति पनि दुखि छैन म
कलिलाे किशाेरावस्था मा
प्रबेश गर्दा नगर्दै
जँडिया बाबू काे जाँडकाे जाेहाे गर्न
भयानक नरपशु हरु बाट
हर रात भट्टि मा मर्नु पर्ने छैन मेरि छाेरि लाई
त्यसैले, अहँ कत्ति पनि दुखि छैन म
चील गिद्ध हरु सँग लड्दै जुध्दै
यदि मैले बचाईछु भने पनि
प्रसस्त दाईजाे दिन लाई केही छैन म सँग
त्यसैले प्रत्यक दिन दाईजाे निहुँ मा
जल्दै मर्नु पर्ने छैन मेरि छाेरि ले
त्यसैले म कत्ति पनि दुखि छैन
अब दुखि अामा काे कथा
सर्ने छैन मेरि छाेरि मा
पतित पतृसत्तातमक समाजमा
मैले झैं छाेरि जन्माएकाे अाराेप मा
मर्नु पर्दैन मेरि छाेरि ले अब।
जिवित रहेर हजार पल्ट मर्नु पर्दैन
उनी एकै पटक मरिन।
त्यसैले
अहँ, कत्ति पनि दुख छैन मलाइ
मेरि छाेरि मरेकाेमा
मेरि छाेरि मरेकाे मा।
बाग्लुङ