बागलुङ, २० साउन/ नेपालको संविधानमा रहेका मुलभुत विशेषता, मतदाता शिक्षा, स्थानिय चुनावको वारेमा चेतना फैलाउने उद्देश्यले बागलुङको पालामा वुधवार नागरिक संवाद कार्यक्रम सम्पन्न गरिएको छ ।
नेपाल कानून समाज र नागरिक संवाद केन्द्र धौलागीरी कार्यलय बागलुङले आयोजना गरेको कार्यक्रममा स्थानीय राजनैतिक दल, वडा नागरिक मञ्च, दलित, आदिवासी जनजाती लगाएतका सरोकारवाला निकाय सँग संविधानका मुलभुत विशेषता माथी अन्तरक्रिया गरिएको थियो ।
कार्यक्रममा सहभागीले स्थानीय चुनाव र अव हुने राज्य पुर्नसंरचनामा अहिलेको गाविस गाउँपालिकामा जाने वा नगरपालिकामा जाने भन्ने विवादलाई समाधान गर्न राजनैतिक दललाई आग्रह गरेका थिए । साथै राजनैतिक दलको पकडमा भन्दा पनि जनताको सेवा सुविधालाई मध्यनजर गरि गाउँपालिका वा नगरपालिका बनाउनु पर्नेमा उनीहरुको जोड थियो । जिल्ला स्तरका नेताले जिल्लामा वसेर गाउँपालिका नगरपालिकाको संरचना तयार गरे त्यो आफुहरुलाई मान्य नहुने सहभागीको भनाई छ ।
गाविस सचिव रिता राना पुनको अध्यक्षतामा भएको कार्यकक्रममा नेपाली काग्रेसका गाम सभापति खड्क थापा वसुन्धरा प्राविका शिक्षक टिकाराम कडेल लगाएतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको सहजीकरण केन्दको संयोजक राम शर्मा र सञ्चलान कार्यक्रम अधिकृत सावित्री खड्काले गर्नुभएको थियो ।