बाढी पीडितलाई राष्ट्रिय जनमोर्चाद्धारा राहत बितरण

ताराप्रसाद शर्मा
बागलुङ, १९ साउन
बाढिका प्रभावित बागलुङ अधिकारीचौरका बासिन्दालाई राष्ट्रिय जनमोर्चाले राहत बितरण गरेकोे छ ।
जिल्लाको ३ नम्वर क्षेत्र अधिकारीचौर लगाएतका ठाउँमा गएको पहिरो र बाढिले क्षती पु¥याएको गाउँमा राहत प्रदान गर्नका लागि गएको सासद मिना पुन सहितको टोलीले राहत प्रदान गरेको जनमोर्चाले जनाएको छ ।
सांसद पुन सहित राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य राजेन्द्र ढुङ्गाना, जिल्ला सचिव धर्मबहादुर कुवँर, सदस्य टेकबहादुर घर्ती, गौरीश्वर पाण्डे लगाएत पत्रकारहरुको टोलीले अधिकारीचौरमा बाढिले क्षती पु¥याएको ६४ घरपरिवारलाई ५/५ हजारका दरले राहत बितरण गरेको बताइएको छ ।यसैबीच, बाढी तथा पहिरो पिडितहरुको सहयोगका लागि नेपाली काँग्रेस बागलुङले मंगलवार पनि बागलुङमा राहत संकलन गरेको छ ।
बाढी पहिरो प्रभावितहरुको राहतका लागि नेपाली काँग्रेस जिल्ला समिति बागलुङले संचालन गरेको दुई दिने घरदैलो अभियानवाट एक लाख १३ हजार ८ सय ८९ रुपैया संकलन भएको छ ।
काँग्रेस बागलुङका सभापति दिपेन्द्रबहादुर थापाको नेतृत्वमा सदरमुकाम बागलुङमा संचालन गरिएको अभियान अन्तरगत मंगलवार ५२ हजार ९२ रुपैया र सोमवार ६१ हजार ७ सय ८७ रुपैया संकलन गरिएको जिल्ला सदस्य डिलप्रसाद शर्माले बताउनुभयो ।
यस्तै,बागलुङको पश्चिम क्षेत्रका बाढी पहिरो पीडितहरुका लागि नेकपा एमालेले शुरु गरेको राहत संकलन अभियानमा डेढ लाख भन्दा बढी संकलन भएको छ । गत साउन ७ गते अविरल बर्षा पछि आएको बाढी पहिरोले ६ जनाको ज्यान गुमाएका थिए भने १ सय २० भन्दा बढीको घर बगाएको थियो ।