गजल

स्मार्ट G सन्देश
सजिलै सँग बिर्सिदिन्थेँ उपाय अरु केही छैन।
मैले तिमीलाई सम्झिनु सिवाय अरु केही छैन।

आज सम्झिन्छु भन्छौ, हिजो छोडेर गएका हौ
के दिऊँ विष पिउनेलाई ज्यूने राय अरु केही छैन।

छिट्टै फर्किन्छु भनी गएकाहरु नफर्किए पछि
पर्खिनेलाई यो भन्दा ठूलो सजाय अरु केही छैन।

मनले यौटा सोच्यो दिमागले अर्कै सोच्यो द्वन्द भयो,
तिम्रै कारणले भड्कियो सम्प्रदाय अरु केही छैन

बिन्ती! छ सरकार मलाई यस्तो प्रतिबन्ध नलगा
यिनै गजल लेख्नु बाहेक मेरो आय अरु केही छैन।

रुद्रपुर, रुपन्देही