गजल

राजीव ‘संघर्षी’

केही कुरा स्वयं लेखी चिठ्ठी दिए हल्काराले
झूठै सही मन बुझाँउथी सम्झे भनि, पियाराले

बर्षौँ भयो नफर्केको ए आँगनी बुझे हुन्थ्यो
बाटो मिलोस् स्विकार्दैनन् बाध्यताका बिताराले

घरदेशले खुशी मागे टिप्छन कहाँ नसोधौँ भो
मुस्कान केहि बचाएका मुग्लानका बिचाराले

अस्ताउँदा गरौँला के मग्दैछु यो जवानीमा
बेबारिसे बुढ्यौली खै गुज्रन्छ कुन गुजाराले

यो तिक्तता कहाँ हुन्थ्यो माग्ने थिएँ सयौँ चोटि
चाहाहरु अभागीको यौटै पुगे पुकाराले

रमेटार ११ बाग्लुङ (हाल दुबै)
अध्यक्ष, धौलागिरि साहित्यिक मञ्च