पूर्व क्रिकेटर ब्रेट ली भन्छन्: भारत गोराे छालाको पछि कुद्छ

काठमाडौं, १७ साउन
अष्ट्रेलियाका पूर्व क्रिकेटर ब्रेट लीले भारतीय समाज र अष्ट्रेलियन समाजबिच मानिसको रंगको आधारमा हुने विभेदमा फरक रहेको बताएका छन् । ब्रेट लीले आफूले खेल्न लागेको चलचित्र अनइन्डियनको बारेमा बिबिसीसँग कुरा गर्दै अष्ट्रेलियामा त्यस्तो कुनै विभेद नरहेको सुनाए । उनले भने, ‘अष्ट्रेलियामा रंगभेद छैन, सबै खाले मानिसलाई स्वागत छ ।’
फिल्ममा ब्रेट लीका साथमा भारतीय नायिका तनिष्ठा चटर्जीले काम गरेकी छिन् । उनले भनेकी छिन् – भारतीय समाज गोरो रंगको पछि पागल छ । यहाँ बनाउने व्यसायीक चलचित्र पनि गोरो छालाका पक्षमा मात्र बनेका छन् । उनले भनिन् ‘यहाँ काजोल, रानी मुखर्जी, बिपाशा बासु, स्मिता पाटिल जस्ता जति पनि स्टाहरु छन् तिनीहरु सबै गोरा छैनन् । तर तिनीहरुलाई गर्ने व्यवहार गोरालाई गर्ने भन्दा भिन्न छ । विभेद छ ।’
तनिष्ठा अनइन्डियन चलचित्रमा इन्डो–अष्ट्रेलियन पात्रको भूमिका निर्वाह गरेकी छिन् । चलचित्रमा उनको नाम मिरा राखिएको छ । उनले मोर्डन महिलाको भूमिका निर्वाह गरेकी छिन् । उनी स्वतन्त्र हुन चाहान्छिन, अधिकारका लागि लड्छीन् । ब्रेट लीले सन् २०१५ मा अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि उनले आफ्नो जिन्दगीमा दाेस्रो अध्याय सुरु गर्दै चलचित्र खेल्न थालेका हुन् ।