बागलुङ, १५ साउन/ अहिलेकै निकै चर्चित गायिका तथा गत वर्ष ‘सेल्फी’ तीज गीतबाट सर्वाधिक लोकप्रिय अवार्ड जित्न सफल तथा सेल्फी गायिका भनेर चिनिन सफल लक्ष्मी मल्लले यस वर्ष पनि हरितालिका तीजको उपलक्ष्यमा ‘ननाचे बोर हुन्छ’ बोलको तीज गीत लिएका आएकी छिन् ।
नेपाली नारीहरुको महानपर्वमा उपलक्ष्यमा बजारमा ल्याएकी मल्लको गीतले सवैको मन जित्न सफल भएको छ ।
सेल्फी भाग दुईका रुपमा आएको तीजे गीत ‘ननाचे बोर हुन्छ’ अहिले बजारको चोक चोकमा र घर घरमा गीत घन्कीने गरेको छ । मल्लको उक्त गीत मार्फत तीजको बेला मनका पीर–व्इथा सवै विर्से नाचेर, गाएर सवै चेलीहर रमाउनु पर्ने सन्देश दिएकी छिन् ।
गायिका मल्लले गीत मार्फत नजिकिदै गरेका तीज पर्वमा नेपाली दिदीबहिनीहरुलाई नाचेर रमाईलो गर्न आग्रह गरेकी छिन् ।
लोक प्रिय संगीतकार, गायक र सर्जक श्रीकृष्णबम मल्लको शब्द संगीतमा रहेको यस गीतलाई कामना म्युजिक प्रा.लि.ले उत्पादन तथा बजार ब्यबस्थापन गरेको छ । गीतको म्युजिक भिडियोको निर्देशन बब्बु थापाले गरेका हुनभने भिडियोमा टेरिसा र करिस्माको रमाईलो नृत्य देख्न सकिन्छ ।
तीजका नाममा बढ्दो विकृति र विसंगतीको भिड्मा मौलिक शब्द र संगीतमा तयार पारिएको यस गीतलाई दर्शक श्रोताहरुले मन पराउनेमा संगीतकार एवं शब्द संकलक श्रीकृष्णबम मल्ल बताउनु हुन्छ ।
हरितालिका तीज नेपाली नारीहरूको महानपर्ब हो जुन पर्बमा नयाँ रातो साडी, रातो चुरा, रातो पोते, रातो टिका र छड्के तिल्लहरी लगाएर नारीहरू आफ्नो टोलमा जम्मा भएर मनको पीर व्यथा गीत मार्फत सुनाउने गर्दछन् ।
भीडियो