बागलुङ, १२ साउन/ धौलागिरी अंञ्चललाई लोकगितको खानीको रुपमा चिनिन्छ । यस क्षेत्रबाट धेरै सष्ट्राहरु गितसंगितमा लागेका छन् । सोही क्षेत्र अन्र्तगत बागलुङको भीमापोखरा–६ मा जन्मिएरका केपी कुमार जलन आफुलाई गीतसंगितमा उभ्याउन सफल भएका छन् ।
बचपनदेखिनै गायन क्षेत्रमा औधि रुचि राख्ने जलन आजभोली सांगेतिक कार्यक्रमका जम्ने गरेका छन् ।
विगत ८ वर्षदेखि फौजि पेसामा आवद्धता रहेका जलन फौजी पेशासँगै गीतसंगितलाई पनि संगै लगिरहेका छन् ।
बाल्यकालमा स्कुल जाँदा होस वा दाउरा घाँस काट्न जाँदा गीत गाउँदै हिड्ने गरेका उनी आजभोली मेला महोत्सवका स्टेज हुँदै एपिएफको व्यारेकमा गीतगाउँदै आएका छन् ।
दुई तिन कक्षा पढ्दादेखि नै गितसंगितमा रुचि राख्ने उनले गित गाएर धेरै पुरस्कारहरु जितेका छन् । गाउँघरमा हुने सानादेखि ठूला कार्यक्रम तथा विद्यालयमा हुने कार्यक्रममा गितगाउँदा शिक्षक, सार्थीभाई तथा बुबाआमाहरुले राम्रो छ भन्दा धेरै खुसी हुने गरेको जलनले बताए ।
‘गाउँघरमा गीत गाउँदा सवैले स्वर राम्रो छ पछि ठूलो कलाकार हुन्छस भन्दा धेरै खुसी लाग्थ्यो र त्यही हौसलाले नै अहिले यहाँ सम्म आईपुगे’ जलनले भने ‘मलाई अहिले केपी कुमार जलन भनेर चिनाउन शिक्षक, साथिभाइ र बुबाआमाको ठूलो सहयोग रहेको छ ।’
२०६० सालमा सरर रेलमा चढी जाउ नामक गिती संग्रह फेवा डिजीटल रेकर्डिङ स्टुडियो पोखरामा रेकर्ड गराए पनि पहिले पैसा नभएर गीत निकाल्न नसकेको गुनासो गर्दै जलनले अहिले फौजी पेशामा लागेपछि गीत निकाल्न सकेको बताए ।
जलनले आफ्नै शब्द, संगित र स्वरमा पछिल्लो क्रममा बागलुङ बजार डुलेको रोइला गीत बजारमा ल्याएका छन् । उनलाई उक्त गीतमा रितु ब्रोकनले साथ दिएकी छिन् ।
समयसन्र्दभ र बास्तविक सेरोफेरोमा रहेर सृजना गर्ने जलनले पहिले पनि दुई वटा गितहरु बजारमा ल्याइसकेका छन् र उक्त गितहरु राम्रोसँग बजारमा विकेका थिए ।
धौलागिरीका बागलुङ, पर्वत र म्याग्दीका धेरै ठाउँका कार्यक्रमहरुमा गीत गाउँदै जाँदा आफ्नै शब्द, संगित र स्वरमा टि–दाईम म्युजिक प्रा.लीद्वारा माया हाँसेर लाउ नामक एल्बम बजारमा ल्याएका थिए । उक्त गीतमा जलनलाई चर्चित गायिका सर्मिला गुरुङले साथ दिएकी थिइन ।
जलनका अनुसार उनलाई बजारमा चिनाउनको लागि उनको दोस्रो एल्बम ‘उाठ लाग्दो त्यो रानी वन’ले ठूलो सहयोग गरेको जानकारी दिए । उक्त गितमा अहिलेकी चर्चित गायिका पूर्णकला विसीले साथ दिएकी छिन् । उक्त गीतले पिआर विटी र युटुवबा राम्रो प्रतिक्रिया पाएको खबर ‘वे’लाई बताए ।
लोक दोहोरी प्रतिष्ठान बागलुङको सदस्य समेत रहेका जलनले आफुले सधै भरी गीतसंगितमा लागि रहने बताए । जलनले पहिले बागलुङ बजारमा रहेर म्याग्दीबाट प्रकाशित हुने रुप्से साप्ताहिकमा पनि संवाददाताको रुपमा काम गरेको बताए । जलनले अब छिट्टै निल काँडेको फेदैमा बसेर, बग्यो सलल, सरर रेलमा चिढि जाउँ जस्ता लोकदोहोरी गीत बजारमा ल्याउन लागिरहेको बताए ।