रजनीकान्तको ‘कबाली’ले तोड्यो सबै रेकर्ड

मुम्बई, ८ साउन/ सुपरस्टार रजनीकान्तको नयाँ फिल्म कबालीले एक नयाँ इतिहास रचेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । शुक्रबार संसारभर प्रदर्शनमा आएको यो फिल्मले पहिलो दिनको कमाईमा सबै फिल्मको रेकर्ड तोड्दै अल टाइम विगेस्ट ओपनर फिल्म बनेको छ ।
यो फिल्मका निर्देशक कलाईपुली एस थानुले अहिलेसम्म पहिलो दिनको कमाई ४० करोड पुगेको र पहिलो दिनको कमाई कलेक्सन भइरहेकाले सय करोड पार गर्ने दाबी गरेका छन् । उनले भनेका छन्– ‘अहिले सम्मको तथ्यांकअनुसार हाम्रो फिल्मले ४० करोड उठाएको छ । धेरै ठाउँबाट तथ्यांक आइरहेकाले एक दिनको कलेक्शन सय करोड पुग्छ । र यो नयाँ रेकर्ड हुनेछ ।’
कबाली रजनीकान्तको करियरको १५९ औं फिल्म हो । जो एक ग्याङस्टारको जीवनमा आधारित छ । फिल्ममा नायिका राधिका आप्टे, धनशिखा र कलाईरासन प्रमुख भुमिकामा छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार रजनीकान्तको फिल्मले पहिला दिनमै यतिधेरै कलेक्शन गरेको खबर सुनेर भर्खरै प्रदर्शनमा आएको फिल्म सुल्तानका अभिनेता सनमान खान पनी छक्क परेका छन् ।