स्कुल भ्यान दुर्घटना हुँदा एक जना विद्यार्थीको मृत्यु, २५ जना घाईते

बागलुङ, २९ माघ । बागलुङमा स्कुल भ्यान दुर्घटना हुँदा एक जना विद्यार्थीको मृत्यु भएको छ । दुर्घटनामा परी २५ जना घाईते भएका छन् ।

न्यू एभरेष्ट एकेडेमी बागलुङको ग २ च ८६२१ नम्बरको विद्यार्थी सवार भ्यान बिहिबार दिउँसो बागलुङ नगरपालिका–३ हाडेपाखामा दुर्घटना हुँदा सवार एक विद्यार्थीको मृत्यु भएको हो । दुर्घटनामा परी विद्यार्थी अमन बोहोराको उपचारको क्रममा मृत्यु भएको धौलागिरी प्रादेशिक अस्पतालले जनाएको छ ।

दुर्घटनामा विद्यार्थी, शिक्षक र सवारी चालकसहित २५ जना घाईते भएका छन् । अस्पतालका अनुसार १९ जना घाइतेहरुको धौलागिरी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । गम्भीर अवस्थाका ४ जनालाई थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा र २ जनालाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरिएको छ ।

गम्भिर घाईते आयुष बोहोरा, आयान बोहोरा, निकित किसान र सोलुमन रसाइलीलाई मणिपाल शिक्षक अस्पताल रिफर गरिएको छभने सुजल छन्त्याल र संगम किसानलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरिएको धौलागिरी प्रादेशिक अस्पतालले जनाएको छ ।

घाईते अनिता किसान, अलिना किसान, मुस्कान किसान, रोविन्स किसान, निक्सम बोहोरा, उमंग किसान, सुमित गैरे, अनिस बोहोरा, अनन्या किसान, रोशनी बोहोरा, सुप्रिया किसान, सान्वी किसान, शिव किसान, समिक्षा गैरे, सेमुल थापा, निश्मा खड्का, वीर बहादुर थापा मगर, आयना बोहोरा र सारिका बोहोराको धौलागिरी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।