बागलुङमा स्कुल भ्यान दुर्घटना हुँदा २४ जना घाइते

बागलुङ, २९ माघ । बागलुङमा स्कुल भ्यान दुर्घटना हुँदा २४ जना घाईते भएका छन् ।

बागलुङ नगरपालिका–१, रामरेखामा सञ्चालित न्यू एभरेस्ट एकेडेमी स्कुलको विद्यार्थी बोकेको भ्यान बिहिबार बागलुङ नगरपालिका–३ हाँडेपाखामा दुर्घटना भएको हो ।

विद्यार्थी सवार न्यू एभरेस्ट एकेडेमी स्कुलको ग. ३ च. ८६२१ नम्बरको भ्यान दुर्घटना हुँदा २४ जना घाइते भएको प्रहरी उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो । घाईतेहरुको धौलागिरी अस्पताल बागलुङमा उपचार भइरहेको छ ।

स्कुल भ्यान मध्यपहाडी लोकमार्गदेखि तल खसेको हो ।