जिल्ला सहकारी संघ बागलुङको नवनिर्वाचित संचालक समितिको पदस्थापन

बागलुङ, ८ माघ । जिल्ला सरकारी संघ लिमिटेड बागलुङको नवनिर्वाचित संचालक समितिको पदस्थापन गरिएको छ ।

१७ औं साधारण सभाबाट निर्वाचित संचालक समितिको पदस्थापन गरिएको हो ।

निर्वाचन समितिका संयोजक अधिवक्ता राम शर्माले नवनिर्वाचित अध्यक्ष खिम कार्की, उपाध्यक्ष पिंगला खड्का जिसी, सचिवमा गणेश नेपाली, कोषाध्यक्षमा पूर्ण प्रकाश पौडेल र सदस्यहरुमा गगनबहादुर पुन, जगन्नाथ सापकोटा, शिव कुमारी खत्री, तिलक खड्का र मनुदेवी गुरुङलाई प्रमाण पत्र प्रदान गर्न भएको थियो ।

त्यस्तै कार्यक्रममा लेखा सुपरीवेक्षण समितिको संयोजकमा निर्वाचित दिलबहादुर केसी सदस्यहरुमा थानेश्वर सुवेदी र सरिता अधिकारी पन्तलाई प्रमाण पत्र वितरण गरिएको थियो ।

कार्यक्रममा प्रतिवद्धता मन्तव्य व्यक्तगर्दै नवनिर्वाचित अध्यक्ष खिम कार्कीले सबैसंगको सहकार्यमा संघलाई अझै बलियो बनाउने बनाउनुभयो ।

कार्यक्रममा निवर्तमान अध्यक्ष हुमा कुमारी जिसी अञ्ज, सल्लाहकार तोयानाथ गौतम, पत्रकार महासंघ बागलुङका उपाध्यक्ष सुवास आचार्य, काठेखोला गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष लक्ष्मण पुन, लेखा सुपरिवेक्षण समिति निवर्तमान संयोजक मिलन केसी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

निर्वाचन समितिका संयोजक अधिवक्ता राम शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन पत्रकार तथा अधिवक्ता प्रकाश बरालले गर्नुभएको थियो ।