
बागलुङ, २८ पुस । कमर्शियल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बागलुङको सम्पत्ति २४ करोड बढी रहेको छ ।
सहकारीको आईतबार सम्पन्न १९ औँ बार्षिक साधारणसभामा कोषाध्यक्ष लेखनाथ पौडेलले गतआर्थिक वर्ष २०८१/०८२ सम्म संस्थाको सम्पत्ति २४ करोड २० लाख १५ हजार ६ सय ७६ रुपियाँ रहेको बताउनुभयो ।
यस्तै संस्थाले गतआर्थिक वर्ष २०८१÷०८२ मा ४ लाख ८ हजार १४ रुपियाँ मुनाफा गरेको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । सहकारीले गतआवमा ४ करोड ३२ लाख २० हजार ८ सय रुपियाँ आम्दानी गरेको र ४ करोड २८ लाख १२ हजार ७ सय ८५ रुपियाँ खर्च गरेको कोषाध्यक्ष पौडेलले बताउनुभयो ।
४ करोड ६७ लाख ९१ हजार ७ सय रुपियाँ शेयर पूँजी रहेको सहकारीले गत आवसम्म १७ करोड ४३ लाख ७ हजार २ सय ५४ रुपियाँ बचत र १७ करोड ८६ लाख ८ हजार ५ सय ९७ रुपियाँ लगानी गरेको कोषाध्यक्ष पौडेलले बताउनुभयो । उहाँले सहकारीको २ करोड ५ लाख १३ हजार ४ सय ५६ रुपियाँ कोष रकम रहेको जानकारी दिनुभयो ।
साधारणसभाको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इश्वरी प्रसाद शर्माले सहकारीहरु नाफामुखी नभइ सेवा मुखी हुनुपर्नेमा जोड दिनुभयो । उहाँले सहकारीहरु बचत तथा ऋणमा मात्र सिमित नभई उद्देश्य अनुरुप कारोबार गर्नुपर्ने बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत शर्माले कमर्शियल सहकारीले बहुउद्देश्यीय उद्देश्य अनुरुप पसल संचालन गरेर शेयर सदस्यहरुको आर्गनिक उत्पादनलाई बजारीकरणमा सहयोग पु¥याएकोमा धन्यवाद दिनुभएको थियो ।
कमर्शियल सहकारीले विगत ४ वर्षदेखि आफ्नै भवनमा अर्गानिक खाद्यान्नको थोक तथा फुटकर किराना पसल संचालन गरेको छ ।
साधारणसभाले सहकारीका सचिव टेक बहादुर रोका (आरसि)ले प्रस्तुत गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष लेखनाथ पौडेलले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ । सहकारीले साधारणसभामा गतआवमा उत्कृष्ट बचतकर्ता, कारोबारी, कक्षा १२ को परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याउने शेयर सदस्यका छोराछोरी र कर्मचारीलाई सम्मान गरिएको थियो ।
सहकारीका अध्यक्ष हिरामणी उपाध्यायको अध्यक्षतामा सम्पन्न भएको साधारणसभामा उपाध्यक्ष चक्र बहादुर खड्काको स्वागता मन्तव्य र सचिव टेक बहादुर रोका (आरसि)को संचालनमा सम्पन्न भएको थियो ।











