बिवाइसी बागलुङको ३४ औँ वार्षिक साधारणसभा सम्पन्न

बागलुङ, १२ पुस । बिवाइसी बागलुङको ३४ औँ वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर बहादुर थापाले गर्नुभएको थियो ।

उद्घाटन समारोहमा बोल्दै प्रमुख थापाले गैरसरकारी संस्थाहरूले नागरिकको स्वास्थ्य, शिक्षा र समग्र विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको बताउनुभयो । उहाँले गैससहरूले स्थानीय तहसँग सहकार्य गर्दै समाज रूपान्तरणमा थप प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा काठेखोला गाउँपालिकाका उपाध्यक्ष तेज बहादुर थापा, बागलुङ नगरपालिकाका पूर्व नगर प्रमुख जनक पौडेल, काठेखोला गाउँपालिकाका संस्थापक अध्यक्ष अमर बहादुर थापा, काठेखोला गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष विधापति शर्मा, बिवाइसी बागलुङका संस्थापक अध्यक्ष टिकाराम सापकोटा, सल्लाहकार डिल्लिराज गौतम, निवर्तमान अध्यक्ष मणिभद्र शर्मा तथा पूर्व अध्यक्ष चन्द्रमणि उपाध्याय लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

बिवाइसी बागलुङका अध्यक्ष तोयानाथ गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष गंगाकुमारी शर्माले स्वागत मन्तव्य राख्नुभएको थियोभने सचिव विक्रम शर्माले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।