
बागलुङ, २३ कार्तिक । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान बागलुङको अध्यक्षमा पुनः सरस्वति खड्का परियार चयन हुनुभएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति बागलुङको शनिबार सम्पन्न २२ औं साधारणसभा तथा ८ औं जिल्ला अधिवेशनले परियारको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको प्रथम उपाध्यक्षमा शिव शर्मा, द्धितिय उपाध्यक्षमा प्रेम थापा, महिला उपाध्यक्षमा धना सुनार, सचिवमा मनिष कंडेल, कोषाध्यक्षमा कल्पना चालिसे, सहसचिवमा तुलसा थापा, कोषाध्यक्षमा हिरा परियार र प्रवक्तामा कविता थापा सर्वसम्मत निर्वाचित हुनुभएको छ । समितिको सदस्यहरुमा सुनिता वि.क., प्रविण सुनार, प्रतिभा कुँवर, सुष्टी क्षेत्री, ललिता घर्ति, विनिता परियार, कल्पना सापकोटा, सरस्वति परियार र तुल बहादुर विक सर्वसम्मत निर्वाचित हुनुभएको हो ।
साधारणसभाको उद्घाटन गर्दै प्रतिष्ठानका केन्द्रिय सहसचिव तारानाथ आचार्यले सबैको सहकार्य र एकताबाट मात्र लोक तथा दोहोरी गीत प्रतिष्ठान थप मजबुद हुने बताउनुभयो । उहाँले संस्थाप्रतिको जिम्मेवारीता आवश्यक रहेकोमा जोड दिनुभयो ।
कार्यक्रममा बागलुङ नगरपालिका वडा नम्वर २ का वडा अध्यक्ष सुरज बोसेल, प्रतिष्ठानका संरक्षक लक्ष्मण श्री, सल्लाहकार कुमार खड्का, पूर्व अध्यक्ष पूर्ण परियार, प्रतिष्ठान गण्डकी प्रदेशका सहसचिव दिपक पौडेल, सचिवालय सदस्य हरि सुनार, प्रतिष्ठान बागलुङका पूर्व अध्यक्ष किरण थापा, नेपाल पत्रकार महासंघ बागलुङका कोषाध्यक्ष खेमराज गौतम ‘सुवास’ र स्वतन्त्र बिद्यार्थी युनियन धौलागिरि बहुमुखी क्याम्पसका अध्यक्ष आश्विन शेखले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
साधारणसभामा अध्यक्ष सरस्वती खड्का परियारले प्रगति तथा सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष कल्पना चालिसेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम अध्यक्ष सरस्वती खड्का परियारको अध्यक्षता, प्रथम उपाध्यक्ष शिव शर्माको स्वागत र पत्रकार ताराप्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।








