स्वास्थ्य चौकीलाई हिमालयन बैंकको सहयोग

बागलुङ, १२ असोज । बागलुङ नगरपालिका–६ स्थित लहरेपिपल स्वास्थ्य चौकीलाई हिमालयन बैंक बागलुङ शाखाले आवश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
नयाँ भवन निर्माण सम्पन्न भएसँगै स्वास्थ्य चौकीलाई उपयोगी सामग्री आवश्यक परेपछि बैंकले दुईवटा ह्वीलचेयर, दुईवटा सेमिफोल्डिङ बेड र तीनवटा कुर्ची उपलब्ध गराएको हो ।
स्वास्थ्य सामग्री हस्तान्तरण समारोहमा हिमालयन बैंक बागलुङ शाखाका प्रमुख राजकिरण देशारले स्वास्थ्य चौकीका प्रमुख विष्णुनाथ सापकोटालाई सामग्री हस्तान्तरण गर्नुभएको थियो ।
बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य चौकीलाई सामग्री उपलब्ध गराएको शाखा प्रमुख देशारले बताउनुभयो । उहाँले आगामी दिनमा पनि समाज उपयोगी गतिविधिमा साथ दिने प्रतिबद्धता जनाउनुभयो ।
स्वास्थ्य चौकीका प्रमुख सापकोटाले पवित्र कार्यका लागि हिमालयन बैंक बागलुङ शाखा लगायत सहयोगी सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।