प्रहरीको घेरा तोड्दै संसद भवनभित्र पसे प्रदर्शनकारी

काठमाडौं, २३ भदौ । जेन जी प्रदर्शनकारी बानेश्वरस्थित संसद भवनभित्र प्रवेश गरेका छन् । उनीहरू गेटबाट माथि चढेर संसद् भवनभित्र प्रवेश गरेका हुन् ।

प्रदर्शनकारीहरुले संसद भवनको दुई नम्बर गेटमा आगजनी गरेका छन् । जेनजीको आन्दोलन उग्र भएपछि कर्फ्यू आदेश जारी भइसकेको छ ।

प्रदर्शनकारीले ढुंगामुढासहित संसद भवनको २ नम्बर गेटको पर्खाल भत्काएका थिए ।

प्रदर्शनकारीर्लाइ रोक्न प्रहरीले अश्रुग्यास र हवाइफायर गरेको छ । प्रहरीले अवस्था शान्त बनाउन रबरको गोली चलाएको छ ।

अहिले प्रदर्शनकारीलाई तितरबितर पार्न घुँडामुनि रबरको बुलेट हानिएको सुरक्षा अधिकारीले बताएका छन् ।