जेसीज सप्ताह बुधवारदेखि हुने

बागलुङ, १७ भदौ । युवाहरुको क्षमता र नेतृत्व बिकासमा सक्रिय बागलुङ जेसीजले यसबर्ष पनि बिभिन्न कार्यक्रमका साथ जेसीज सप्ताह गर्ने भएको छ ।

बिभिन्न रचनात्मक तथा खेलकुदका कार्यक्रम सहित भदौ १८ गतेदेखि २४ गतेसम्म जेसीज सप्ताह गर्न लागेको हो । सप्ताहको पहिलो १८ गते बिहान ८ बजेदेखि उद्योग बाणिज्य संघको सभाहलमा उद््घाटन तथा युवा सम्मान कार्यक्रम गरिने भएको छ ।

दोस्रो दिन भदौ १९ गते लोकतान्त्रिक चोकमा दिउँसो २ बजेदेखि सत्यदेवि स्मृति स्लो बाइक रेस प्रतियोगिता, तेस्रो दिन भदौ २० गते बिहान ११ बजेदेखि होटल दि राजनमा महिलाहरुका लागि भाषणकला तालिम, चौथो दिन २१ गते बिहान ८ बजे बागलुङ जेसीज र पत्रकार महासंघको कार्यसमिति बिच मैत्रीपूर्ण फुटसल आयोजना गरिएको मुल संयोजक प्रेमप्रसाद ढकालले जानकारी दिनुभयो ।

यसैगरि पाँचौ दिन २२ गते बिहान ७ बजेदेखि होटल दि राजनमा मेयरसंग बिद्यार्थी कार्यक्रम, छैटो दिन २३ गते बिहान ११ बजे धौलागिरि अस्पतालमा हेल्दी बेवी प्रतियोगिता र सातौ दिन २४ गते बिहान ११ बजेदेखि होटल पिसप्यालेसमा स्वर्गिय प्रगतिकुमार श्रेष्ठ स्मृति बक्तृत्वकला प्रतियोगिता, पुरस्कार बितरण तथा समापन समारोह हुने अध्यक्ष सुशान्तकृष्ण श्रेष्ठले बताउनुभयो ।

सप्ताहको कार्यक्रमका लागि केहि स्मृति कोषबाट खर्च हुने र बाँकी करिव १ लाख ७५ हजार खर्च अनुमान गरिएको श्रेष्ठले बताउनुभयो । प्रत्येक दिनको कार्यक्रमका लागि संयोजक समेत तोकिएको मुल संयोजक ढकालले बताउनुभयो ।

पहिलो दिनको उद््घाटन तथा युवा सम्मानका लागि स्विकृति भारी, दोस्रो दिनको सत्यदेवि स्मृति स्लो बाइक रेस प्रतियोगिताका लागि सुविसन श्रेष्ठ, तेस्रो दिनको भाषणकला तालिमका लागि निशा कार्की, चौथो दिनको मैत्रीपूर्ण फुटसलका लागि मिलन खत्री संयोजक रहनु भएको ढकालले जानकारी दिनुभयो ।

पाँचौ दिनको मेयरसंग बिद्यार्थी कार्यक्रमका लागि शुभम् राजभण्डारी, छैटो दिनको हेल्दी बेवी प्रतियोगिताका लागि बिनोद मगर र सातौ दिनको स्वर्गिय प्रगतिकुमार श्रेष्ठ स्मृति बक्तृत्वकला प्रतियोगिता तथा समापन समारोहका लागि शिवबहादुर केसीलाई संयोजक बनाइएको उहाँले बताउनुभयो ।