
सुजन रेग्मी
बागलुङ, २६ साउन । हिन्दु महिलाहरुको महानचाड हरितालिका तीजको अवसरमा बागलुङमा तीज नृत्य प्रतियोगिता हुने भएको छ ।
प्रवुद्ध युवा समुहले आईतबार पत्रकार सम्मेलन गरि भदौं ४ गते तीज नृत्य प्रतियोगिता गर्न लागेको जनाएको हो ।
समुहका अध्यक्ष रोहित सुनारले मौलिक गित र नृत्यलाई प्राथमिकता दिँदै तीजको अवसरमा प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । उहाँले संस्कृतिलाई जोगाई राख्न र नेपाली हिन्दुहरुको संस्कारलाई प्रोत्साहन गर्न तीज भाकामा सामुहिक नृत्य प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।
प्रतियोगितामा प्रथमले ४१ हजार १ सय ११ रुपियाँ, द्वितीयले १७ हजार ७ सय ७७ रुपियाँ र तृतीयले ११ जार १ सय ११ रुपियाँ प्राप्त गर्ने समुहले जनाएको छ । प्रतियोगितामा १०, ११ टिमको सहभागिता हुने अपेक्षा गरेको आयोजकले प्रतियोगितामा सहभागिता हुन ४ हजार दर्ता शुल्क राखेको छ ।
प्रतियोगिता सम्पन्न गर्न ३ लाख रुपियाँ खर्च हुने अध्यक्ष सुनारले बताउनुभयो । उहाँले प्रतियोगिताको लागि संघसंस्था, व्यवसायी र सहयोगी महानुभावबाट सहयोग संकलन गरिएको बताउनुभयो ।
पत्रकार सम्मेलनको संचालन समुहका सचिव सागर क्षेत्रीले गर्नुभएको थियो ।










