किशोरकिशोरी मैत्री सूचना केन्द्र स्थापना

बागलुङ, २४ जेठ । बागलुङमा किशोरकिशोरी मैत्री सूचना केन्द्र बागलुङमा स्थापना गरिएको छ ।

सूचना कक्षको संस्थागत विकास र प्रभावकारी उपयोगका लागि क्षमता विकास गर्ने उदेश्यका साथ गण्डकी प्रदेशमा नै पहिलो पटक बागलुङको कालिका कन्या मन्दिर माध्यामिक बिद्यालयमा बागलुङ नगरपालिका र वियोण्ड वेइजिङ समिति (विविसी) नेपालका सहयोग तथा समन्वयमा सूचना केन्द्र स्थापना गरिएको हो । किशोर किशोरीमैत्री सूचना कक्षमार्फत सूचना, शिक्षा र परामर्श सेवाहरू प्रबद्र्धन गर्न केन्द्र स्थापना गरिएको बिद्यालय संचालन समितिका अध्यक्ष जयराम भारीले बताउनुभयो ।

कार्यक्रममा बालबालिकाको चेतना अभिवृद्धि तथा व्यवहार परिवर्तन गर्न सूचना केन्द्रले सहयोग पुग्ने बागलुङ नगरपालिका वडा नं.३ का अध्यक्ष सनी कुमार केसीले बताउनुभयो । आगामी दिनमा यसलाई व्यवस्थित र प्रभावकारी रुपमा संचालन गर्न नगरपालिकाले भुमिका खेल्ने उहाँले बताउनुभयो । कार्यक्रममा बागलुङ नगरपालिका कार्यपालिका सदस्य धनमाया शर्मा, बिद्यालयका प्रधानध्यापक सुदर्शन कडेँलले बोल्नुभएको थियो ।

विद्यालयमा अध्ययनरत १० देखि १९ वर्ष उमेर समुह भित्रका किशोर किशोरीलाई लक्षित गरि सुचना कक्ष व्यवस्थापन समिति गठन गरेको छ । समितिको संयोजकमा विशाल नेपाली चयन हुनुभएको छ । यस्तै समितिको सह संयोजकमा नविसा बोहोरा, सचिव मनिष गौतम र सदस्यहरुमा संगम परियार, अन्जली थापा, पूर्णिमा विकास, एरीका लामा, विशाल थापा, उमेश घर्ती, कृषा वि.क. र अनुस्का केसी रहनुभएको छ । शिक्षा स्वंयसेवीमा दिप्सना वि.क.रहनुभएको बिद्यालयका सुचना अधिकारी ईश्वर ठाकुर पौडेलले जानकारी दिनुभयो ।

कार्यक्रममा फोकल पर्सन हुमा रिजालले प्रशिक्षण दिनुभएको थियो । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयराम भारीको अध्यक्षता,सुचना अधिकारी ईश्वर ठाकुर पौडेललको स्वागत र शिक्षक बिरबहादुर किसानको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

केन्द्र स्थापनासंगै उमेर बृद्धिसंगै बालबालिकाको स्वास्थ्य अवस्था, अभिभावको भुमिका,उनीहरुले गर्ने व्यवहार तथा जिवन उपयोगी सिप प्रदान गर्न टेवा पुग्ने अपेक्षा गरिएको छ ।