
बागलुङ, १६ वैशाख । अखिल नेपाल महिला संघ गलकोट नगरपालिकाको दोस्रो नगर सम्मेलनले सुमित्रा कार्कीको अध्यक्षतामा १९ सदस्य नगर कमिटी गठन गरेको छ ।
समितिको उपाध्यक्षमा दुर्गा श्रीस, सचिवमा याम कुमारी क्षेत्री (बिनु), सहसचिवमा तनु पुन र कोषाध्यक्षमा टिकामाया गौतम सर्वसम्मत चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा रिमा भण्डारी, हरिकला थापा, पुनम परियार, शारदा खत्री खड्का, सुकमाया घर्ती, सबिता श्रीस, मिना खड्का, गोमा परियार, जमुना विक, शितला पुन, भुमा राना, मिनु काउचा, गंगा खड्का बोहोरा र रुपा श्रीस निर्वाचित हुनुभएको छ ।
सम्मेलनको उद्घाटन सत्रमा बोल्दै अखिल नेपाल महिला संघ केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला इन्चार्ज भिमा अधिकारीले अनेमसंघले समान सहभागिता र परिवर्तन चाहेको बताउनुभयो । उहाँले विगतदेखि वर्तमानसम्म हरेक आन्दोलनमा महिलाहरुको सहभागिता रहेको बताउँदै राणा शासन र राजतन्त्र फाल्नदेखि देशको परिवर्तनमा समेत महिलाहरुको महत्वपुर्ण भुमिका रहेको बताउनुभएको थियो ।
केन्द्रीय सदस्य अधिकारीले पृत्रीसतात्मक सोच र महिलाहरु सक्षम र आत्मनिर्भर हुन नसक्नुले पनि महिलाको हकहित संविधानमा लेखिएकता पनि पुर्णरुपमा कार्यान्वयन हुन नसकेको बताउनुभयो । उहाँले महिलाहरुले आन्दोलनमा सहभागिता जनाउँदै आफ्ना हक अधिकारका बारेमा आवाज उठाउँदै आएपनि समान सहभागिता नभएको भन्दै अझै पनि महिला आन्दोलन जारी रहेको बताउनुभएको थियो ।
सम्मेलनमा अनेमसंघका केन्द्रीय सदस्य ममतादेवी शर्मा, यमुना काउचा, अनेमसंघ बागलुङका जिल्ला अध्यक्ष कालिका सापकोटा, नेकपा एमाले गलकोट नगर कमिटिका सचिव दान बहादुर श्रीस लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
अखिल नेपाल महिला संघ गलकोट नगर कमिटिका उपाध्यक्ष दुर्गा श्रीसको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा सहसचिव याम कुमारी क्षेत्री (बिनु)को स्वागत र सचिव सुमित्रा कार्कीको सञ्चालन रहेको थियो ।
नवनिर्वाचित समितिलाई नेकपा एमालेका केन्द्रिय सदस्य मञ्जु शर्मा चालिसे, नेकपा एमाले गलकोट नगर कमिटिका उपाध्यक्ष ईश्वर बोहोरा, अनेमसंघ बागलुङका उपाध्यक्ष सरस्वती खड्का परियार, सचिव पम्फा खड्का, कोषाध्यक्ष भावना खड्का, नेकपा एमाले जिल्ला कमिटि बागलुङका महिला विभाग प्रमुख हुमादेवी खड्काले बधाई तथा शुभकामना मन्तव्य राख्नुभएको थियो ।










