
बागलुङ, १५ वैशाख । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) धवलागिरि बहुमुखी क्याम्पस बागलुङको अध्यक्षमा कमल पौडेल सर्वसम्मत चयन हुनुभएको छ ।
आईतबार सम्पन्न १५ औं क्याम्पस सम्मेलनबाट पौडेलको अध्यक्षतामा ५१ सदस्य क्याम्पस कमिटी सर्वसम्मत चयन गरिएको निवर्तमान अध्यक्ष विनोद कार्कीले जानकारी दिनुभयो । समितिको उपाध्यक्षमा सागर विक र रानी घर्ती क्षेत्री, सचिवमा संयोग शर्मा पौडेल, सहसचिवमा सृष्टि क्षत्री, मोहन रेग्मी, लोकेन्द्र श्रीस र सिर्जना खड्का चयन हुनुभएको छ ।
यस्तै कोषाध्यक्षमा योगराज कंडेल र महिला विभाग प्रमुखमा दिपिका खड्का चयन हुनुभएको छ ।











