डिसिआरडिसीको २९ औँ साधारण सभा

सुजन रेग्मी
बागलुङ, १० चैत । धौलागिरी सामुदायिक श्रोत विकास केन्द्र (डिसिआरडिसि) बागलुङको २९ औँ साधारण सभा शनिबार सम्पन्न भएको छ ।

साधारणसभाको उद्घाटन समारोहमा बोल्दै डिसिआरडिसिका सल्लाहकार कृष्णराज गौतमले सरकारका काम गैरसरकारी संस्थाहरुले गरिरहेको बताउनुभयो छ । उहाँले ग्रामिण भेगको विकासमा डिसिआरडिसीले सहयोग पु¥याएको बताउनुभयो । उहाँले पहिले भन्दा अहिले विकास भएको बताउँदै गाउँ–गाउँमा पानीको समस्या हुँदा डिसिआरडिसीले खानेपानीको योजना लगेर गाउँमा पानी पु¥याउने काम गरेको बताउनुभयो ।

उद्घाटन समारोहमा डिसिआरडिसिका पूर्वअध्यक्ष चन्द्रमणी उपाध्याय, गैरसरकारी संघ बागलुङका अध्यक्ष मुक्तिराम सापकोटा र सस्थाका सल्लाहकार डा सुदर्शन सिलवालले गैससहरुले समुदायसँग सहकार्य गरेर काम गर्दा विकासले फड्को मार्न सहयोग पुगेको बताउनुभएको थियो । उहाँहरुले पहिलाको समयमा परिणात्मक र अहिले गुणात्मक रुपमा डिसिआरडिसिले काम गरिरहेको बताउनुभयो ।

साधारणसभामा डिसिआरडिसिका सचिव भिमसेन पन्तले प्रस्तुत गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष सुस्मिता किसामले प्रस्तुत गरकेो आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ । साधारणसभामा ७० वर्षीय राम बहादुर अधिकारी र ज्ञानेन्द्र गौतमलाई सम्मान गरिएको थियो ।

डिसिआरडिसि बागलुङकी अध्यक्ष सिर्जना थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन सचिव भिमसेन पन्तले गर्नुभएको थियो ।