
बागलुङ, ५ चैत्र । बागलुङको शान्तिदीप बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को अध्यक्षमा नेपाल विद्यार्थी संघका विपना परियार सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
मंगलबार क्याम्पसमा अध्ययनरत विद्यार्थीको भेलाले परियारको अध्यक्षतामा सर्वसम्मत स्ववियुको नयाँ समिति चयन गरेको हो । निर्वाचन अधिकृत डिल्लीप्रसाद पौडेलका अनुसार उपाध्यक्षमा निखिल थापा, सचिवमा प्रतिमा चापागाई, कोषाध्यक्षमा निशा शर्मा र सहसचिवमा गीता नेपाली सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
यस्तै सदस्यमा भावना थापा, विनिता परियार, महमद तारिफ मिया, सरस्वती विक, खेममाया विक र दयाराम सापकोटा निर्वाचित हुनुभएको निर्वाचन अधिकृत पौडेलले बताउनुभयो ।