
बागलुङ, ५ चैत्र । बागलुङको गलकोट बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को अध्यक्षमा प्रभात साहानी निर्वाचित हुनुभएको छ ।
मंगलबार दिउँसो सम्पन्न निर्वाचनमा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी साहानीले ९९ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित हुनुभएको निर्वाचन अधिकृत चुडामणी शर्माले जानकारी दिनुभयो । साहानीले नेपाल विद्यार्थी संघका रेनुका परियारले भन्दा ४१ मतान्तरले निर्वाचित हुनुभयो । नेविसंघकी परियारले ५८ मत प्राप्त गर्नुभएको छ ।
यस्तै सचिव र कोषाध्यक्षमा पनि अखिल क्रान्तिकारीले विजयी हासिल गरेको छ । सचिवमा अखिल क्रान्तिकारीका पवन विकले ८५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटम प्रतिस्पर्धी अनेरास्ववियुकी पारु घर्तीले ५९ र नेविसंघकी अंकिता न्यौपानेले १० मत प्राप्त गर्नुभयो । कोषाध्यक्षमा अखिल क्रान्तिकारीकै स्मृती बुढाथोकी निर्वाचित हुनुभएको छ । उहाँले ५९ मत प्राप्त गर्नुभएको छभने निकटतम प्रतिस्पर्धी नेविसंघका अमृत सापकोटाले ६५ मत प्राप्त गर्नुभएको छ ।
यस्तै सदस्यमा पनि अखिल क्रान्तिकारीका उम्मेदवारहरु विजयी भएका छन् । अखिल क्रान्तिकारीका निकिता साहानीले ९०, प्रमिला विकले ८८ र अजय केसीले ८२ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ ।
यस्तै समानुपातिक तर्फ पनि सवैभन्दा बढी मत अखिल क्रान्तिकारीले प्राप्त गरेको छ । समानुपातिक तर्फको मतगणनामा नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले ८३, नेविसंघले ५१, अखिल छैठौंले १३ र अनेरास्ववियुले ४ मत प्राप्त गरेको छ । समानुपातिक तर्फ अखिल क्रान्तिकारीको ३ वटा र नेविसंघबाट २ वटा सदस्य मनोनित हुने निर्वाचन समितिले जनाएको छ ।