सुजन रेग्मी
बागलुङ, ७ पुस । पर्वतको जलजला गाउँपालिका वडा नम्बर ८ नाग्लिवाङमा निःशुल्क स्वास्थ्य शिविरबाट चार सय जना लाभाम्वित भएका छन् ।
शनिबार नाग्लिवाङ सेवा समाज काठमाडौंको आयोजना, नाल्लिवाङ स्वास्थ्यचौकी र रिजनल अस्पताल प्रा.लि.को प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो ।
समाजका संस्थापक अध्यक्ष गजेन्द्र केसीले शिविरमा निःशुल्क मुटु रोग, महिला तथा प्रसुति रोग, रगत जाँच र निःशुल्क औषधि वितरण गरिएको बताउनुभयो । उहाँले विगत ७ वर्षदेखि संस्थाले विभिन्न व्यक्तिलाई सहयोग गर्दै आएको बताउनुभयो ।
शिविरमा मुटुरोग, महिला तथा प्रसुति रोग, रगत जाँचसंगै निशुल्क औषधि वितरण गरिएको थियो ।
शिविरका लागि नाग्लिवाङबाट अमेरिका गएका नागरिकबाट सहयोग प्राप्त सामाजका अध्यक्ष भोज बहादुर केसीले जानकारी दिनुभयो । वडा अध्यक्ष हरि विकास जिसीले यस्ता कार्यक्रमले वडामा रहेका नागरिकलाई स्वास्थ्य जाँचमा सहज हुने बताउनुभयो । शिविरमा वडामा रहेका विभिन्न सघंसंस्था र क्लबले सहयोग गरेका थिए ।