राष्ट्रसेवक सहकारीको १४ औं वार्षिक साधारणसभा

याम बहादुर थापा
बागलुङ, ६ पुष । राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. बागलुङको १४ औँ वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदीलले सहकारीहरु फराकिलो सोच राखेर शेयर सदस्यहरुलाई उद्यमशीलतामा रुपान्तरिक हुनुपर्ने बताउनुभएको छ ।

प्रजिअ सुवेदीले सहकारीमा अहिले धैर्यता आवश्यक रहेको समेत बताउनुभयो । उहाँले सहकारीका सात सिदान्तलाई व्यवहारिक रुपमा अनुशरण गरेमा सहकारीमा समस्या नआउने बताउनुभयो ।

कार्यक्रममा शेयर सदस्यहरुको तर्फबाट बद्रीप्रसाद शर्मा पौडेल, नेपाल निजामती कर्मचारी संगठन बागलुङका अध्यक्ष श्याम कुमार थापा मगर, नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय सदस्य तेज प्रसाद निउरेले शुभकामना व्यक्त गर्नुभएको थियो । २ सय ८१ शेयर सदस्य रहेको सहकारीमा शेयर रकम ६१ लाख ११ हजार, कुल वचत १ करोड १४ लाख, ऋण लगानी एक करोड ७१ लाख, कुल कारोबार २ करोड १४ लाख रहेको छ ।

साधारणसभामा कोषाध्यक्ष माधव शर्माले प्रस्तुत गरेको आ.व. ०८०।८१ को आयव्यय बिबरण एवं आ.व. २०८१।८२ को प्रस्तावित आर्थिक प्रतिवेदनमाथि छलफलबाट सुझावसहित पारित भएको छ । त्यसैगरी सचिव सोमराज पाण्डेयको २०८०।८१ को वार्षिक प्रतिवेदन एवम् चालु आ.व. २०८१।८२ को लागि प्रस्तावित वार्षिक कार्यक्रमहरु छलफलबाट पारित भएको छ । साथै, संस्थाले सदस्यता कार्यविधि २०८१, वचत कार्यविधि २०८१, ऋण व्यवस्थापन कार्यविधी २०८१ पनि पारित गरेको छ ।

साधारणसभामा उत्कृष्ट बचतकर्ता राम चन्द्र शर्मा र उत्कृष्ट कारोबार गर्ने सदस्य हरिप्रसाद पौडेललाई सम्मान गरिएको थियो । सहकारीका अध्यक्ष कृष्णप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न साधारणसभामा उपाध्यक्ष सरस्वती देवी रेग्मीको स्वगात मन्तव्य र सचिव सोमराज पाण्डेयको संचालन रहेको थियो ।